Advertisement

मीरगञ्ज पुल यथाशक्य सञ्चालन हुनुपर्ने उद्योगी व्यवसायीको माग

0 80

Advertisement

०२मंसिर, विराटनगर । विराटनगर एकीकृत भन्सार जाँच चौकी (आइसिपी) जोड्ने भारतको बथनाहा–जोगबनी सडकखण्डमा पुलको प्रयोग हुन नसक्दा नेपाली उद्योगी व्यवसायीलाई सास्ती भइरहेको छ ।

नाकामा पर्ने मीरगञ्ज पुल समयमै निर्माण हुन नसक्दा उद्योगी व्यवसायीहरुले विगत ११ महिनादेखि सामान ओसारपसार गर्नका लागि सुनसरीको भन्टबारी नाका प्रयोग गर्नुपरेको छ ।

जोगबनी नाकाबाट आउने सामान सुनसरीको भन्टाबारी नाका प्रयोग गर्दा दैनिक अतिरिक्त १ करोड खर्च भएको उद्योगी एवं व्यापारीहरुको भनाइ छ । भारतीय जोगबनी बजारका व्यापारीसँग प्रतिस्पर्धा गरिरहेका नेपाली व्यापारीलाई मीरगञ्ज पुल निर्माण नहुँदा थप समस्या भएको छ । जसको मार उपभोक्तामा परेको छ ।

पुलको काम लगभग ९० प्रतिशत पूरा भएको र निकट भविष्यमा सञ्चालनमा आउने नेपाल भारतको सीमा सुरक्षा बैठकमा अररिया जिल्लाका डिएम इनायक खानले जानकारी दिएको मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले जानकारी दिए ।

बैठकमा नेपाली पक्षले नाका र पुलको विषय छलफलमा ल्याउँदा डिएम खानले सो जानकारी दिएको प्रजिअ दाहालले बताए । मोरङ व्यापार सङ्घका अध्यक्ष नवीन रिजालले यो पुल र नाका सञ्चालनमा ल्याउने बारम्बार आग्रह गर्दा पनि सञ्चालनमा आउन नसकेको बताए । उनले पुल र नाका सञ्चालनमा नआउँदा समय र लागत बढ्न गई उद्योगी, व्यापारी मात्र नभएर उपभोक्तालाई पनि समस्या परेको बताए ।

उद्योग सङ्गठन मोरङका अध्यक्ष सुयेश प्याकुरेलले यस क्षेत्रका उद्योगी र व्यापारीले समूह बनाएर भारत सरकारका महत्वपूर्ण अङ्गलाई जानकारी गराउँदा पनि सुनुवाई नभएको भन्दै यसका लागि नेपाल सरकारले कूटनीतिक ढङ्गले विषय उठान गर्नुपर्ने उनको भनाइ छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.