Advertisement

रोजगारीका लागि कुवेत गएर अलपत्र परेका नेपाली कामदारको उद्धार

0 79

Advertisement

२५कात्तिक, काठमाडौं । वैदेशिक रोजगारीका लागि कुवेत गएर अलपत्र परेका ७ जना नेपाली कामदारको उद्धार गरेर स्वदेश ल्याइएको छ।

नेपालबाट कामदार भिसामा कुवेत गएका उनीहरुलाई कम्पनीले दैनिक १४ घण्टासम्म काम लगाउनुका साथै २ महिना हुँदासम्म तलब दिएको थिएन।

अलपत्र परेका उनीहरुलाई धर्म ओभरसिज प्रालि र सञ्चारकर्मी जीवन शर्मा समेतको पहलमा बिहीबार राति स्वदेश ल्याइएको हो।

उद्धार गरेर ल्याइएकाहरुमा विवेकराज यादव, एकवाल जोल्हा, इज्हार जोल्हा, हसनराज जोल्हा, निर्मल नेपाली, गणेश कुमाल र भीमप्रसाद राजवंशी छन्।

सम्झौताअनुसार तलब र सेवा सुविधा नपाएका उनीहरुलाई कुवेतस्थित रोजगारदाता कम्पनी ग्लोबल टाइम्स कुवेत र कुवेतस्थित नेपाली दूतावासमा पटकपटक ताकेता गर्दा पनि पहल हुन नसकेको धर्म ओभरसिजले जनाएको छ।

सातैजनालाई हाल चाबहिलस्थित पासा होटलमा राखिएको छ। सम्बन्धित मेनपावरले उनीहरुको पैसा फिर्ता गरेपछि आफन्तको जिम्मा लगाइने बताइएको छ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.