Advertisement

सुनको मूल्यमा एकैदिन उच्च वृद्धि, चाँदी पनि बढ्यो

0 112

Advertisement

२५ कात्तिक, काठमाडाैं । कार्तिक २५ गते शुक्रबार सुनको मूल्यमा उच्च वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एकैदिन सुन तोलामा १ हजार ३०० रुपैयाँ र चाँदी तोलामा १० रुपैयाँले बढेको हो ।

महासंघका अनुसार शुक्रबारका लागि छापावाला सुनको मूल्य ९६ हजार ७०० रुपैयाँ, तेजावी सुन ९६ हजार २०० रुपैयाँ र चाँदी प्रतितोला १ हजार २९५ रुपैयाँ निर्धारण गरिएको छ ।

हिजो बिहीबार सुनको भाउ स्थीर रहँदै छापावाला प्रतितोला ९५ हजार ४००, तेजावी सुन ९४ हजार ९००रुपैयाँ र चाँदी प्रतितोला १ हजार २८५ रुपैयाँमा कारोबार भएको थियो । बिहीबार चाँदीको भाउ तोलामा १० रुपैयाँले घटेको थियो ।

आज अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रति औंस १७६१ डलर तथा चाँदी प्रतिऔंस २१.९० डलरमा कारोबार भइरहेको छ । हिजो बिहीबार सुन औंस १७१० डलर तथा चाँदी प्रतिऔंस २१।१४ डलरमा कारोबार भएको थियो ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.