Advertisement

गरिमा विकास बैंकको लाभांश घट्यो, कति बाँड्दैछ बोनस ?

0 67

Advertisement

२५ कात्तिक, काठमाडाैं । गरिमा विकास बैंक लिमिटेड (GBBL) ले आर्थिक वर्ष २०७८/७९ को सञ्चित नाफाबाट सेयरधनीलाई कुल ६६ करोड ५६ लाख ७६ हजार ६५७ रुपैयाँ लाभांश वितरण गर्ने भएको छ ।

बैंक सञ्चालक समितिको बिहीबार बसेको बैठकले गत आवको नाफाबाट १३ प्रतिशत (५९ करोड ६८ लाख १३ हजार ५५५ रुपैयाँ) बराबरको बोनस सेयर र कर तिर्न १.५० प्रतिशत नगद (६ करोड ८८ लाख ६३ हजार १०२ रुपैयाँ) लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

अघिल्लो आवमा १६ प्रतिशत बोनस सेयर वितरण गरेको बैंकले १.५० प्रतिशत कम लाभांश वितरणको प्रस्ताव गरेको हो ।

सञ्चालक समितिको बैठकले प्रस्ताव गरेको उक्त लाभांश नियामक निकाय राष्ट्र बैंक र बैंकको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि लगानीकर्तालाई वितरण हुनेछ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.