Advertisement

चुनावको सुरक्षाका लागि सुदूरपश्चिममा ११ हजार ५०० म्यादी खटिए

0 163

Advertisement

१६ कात्तिक, डोटी । आसन्न प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनको सुरक्षाका लागि सुदूरपश्चिम ११ हजार ५०० म्यादी प्रहरी खटाइएको छ ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, धनगढीले दिएको जानकारी अनुसार प्रदेशमा ११ हजार ५५९ म्यादी प्रहरी निर्वाचनका लागि खटाइएको छ । कैलालीमा सवैभन्दा बढी दुई हजार आठ सय १२ म्यादी प्रहरी खटाइएको छ ।

कैलालीमा प्रतिनिधि सभाका लागि पाँच र प्रदेश सभाका लागि १० सिटमा चुनाव हुनेछ ।

प्रतिनिधि सभाका लागि एक र प्रदेश सभाका लागि २ सदस्यको निर्वाचन हुने बाजुरा जिल्लामा सवैभन्दा कम सात सय ४९ जना म्यादी प्रहरी खटाइएको छ ।

प्रतिनिधि सभाका लागि दुई र प्रदेश सभाका लागि चार सदस्यको निर्वाचन हुने अछाममा एक हजार दुई सय ६८ म्यादी प्रहरी खटिएका छन् । यस्तै, बैतडीमा एक हजार एक सय ९१, बझाङ्गमा एक हजार एक सय ८८, डोटीमा नौ सय ५३ डडेल्धुरामा नौ सय ३७ र दार्चुलामा आठ सय २९ म्यादी प्रहरी खटाईएका प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ ।

प्रदेश प्रहरी कार्यालयका अनुसार म्यादी प्रहरीका अतिरिक्त प्रदेशमा निर्वाचन सुरक्षाका लागि ६ हजार १६८ सुरक्षाकर्मी खटिनेछन् ।

निर्वाचन आयोगले आसन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि सुदूरपश्चिम प्रदेशमा दुई हजार एक सय ४६ मतदान केन्द्र कायम गरेको छ । वैशाख ३० गते सम्पन्न भएको स्थानीय तहको निर्वाचन भन्दा यो निर्वाचनमा ४३ मतदान केन्द्र थपिएका छन् । स्थानीय तह निर्वाचनमा २ हजार १०३ मतदान केन्द्र थिए ।

यस्तै, प्रदेशभित्र २६ मतदान स्थल थप भएका छन् । गत निर्वाचनमा एक हजार १३५ मतदान स्थल रहेकामा अब १ हजार १६१ पुगेका छन् ।

यस प्रदेशमा १६ लाख ५८ हजार ४ मतदाता रहेका निर्वाचन आयोगले जनाएको छ । महिला मतदाता आठ लाख ४२ हजार ७७४ र पुरुष मतदाता संख्या ८ लाख १५ हजार २१२ रहेको छ । सुदूरपश्चिमा पुरुष भन्दा महिला मतदाता २७ हजार ५६२ ले बढी छन् ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.