Advertisement

रवि लामिछानेको पार्टीले आज चुनावी वाचापत्र सार्वजनिक गर्दै

0 83

Advertisement

१७ कात्तिक, काठमाडाैं । आम निर्वाचनलाई लक्षित गर्दै राजनीतिक दलहरूले धमाधम घोषणापत्र सार्वजनिक गरिरहेका छन् । यसै क्रममा पहिलोपटक निर्वाचनमार्फत आफ्नो जनमत परीक्षणको तयारीमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले पनि आज वाचा पत्र सार्वजनिक गर्दै छ ।

नेपाल प्रज्ञा प्रतिष्ठानबाट राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रतिनिधिसभा निर्वाचनका लागि वाचा पत्र सार्वजनिक गर्ने छन् । राष्ट्रिय स्वतन्त्र पार्टी यसपटक प्रदेश सभाको चुनावमा भने बहिष्कार गरेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले हुन नसक्ने वाचा होइन भन्दै गर्न सक्ने र गर्नैपर्ने वाचापत्र सार्वजनिक गर्न लागेको बताएको छ ।

यसअघि नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी, राप्रपालगायतका पार्टी चुनावी घोषणापत्र सार्वजनिक गरिसकेका छन् ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.