Advertisement

गुप्तचरको रिपोर्टले गृहमा हंगामा

0 50

Advertisement

१५ कात्तिक, काठमाडौँ । गुप्तचर तथा सुरक्षा निकायहरूको चुनावी विश्लेषणको रिपोर्टले सत्तारुढ सगठबन्धनका नेताहरु झस्किएका छन् । आगामी निर्वाचनमा केही अनपेक्षित परिणाम आउनसक्ने सुरक्षा निकायहरूको प्रतिवेदन छ ।

साना दलहरुले ठूला दललाई यसपटक ठूलै धक्का दिने गुप्तचरको रिपोर्ट छ । खासगरी राजेन्द्र लिङ्देन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी र रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले अनुमान गरिएभन्दा राम्रो मत ल्याउने विश्लेषण छ । मुख्य दलसँग जनता निकै रुष्ट रहेको र यसपटक विकल्पका रुपमा ती दुई दललाई मत खन्याउने सम्भावना सुरक्षा निकायले देखेका छन् । देशभरिबाट एउटै प्रकारको रिपोर्ट गृहमा पुगेको छ ।

राप्रपाको देशभरि पुरानै संगठन छ । प्रत्यक्षमा उसका उम्मेदवारले धेरै मत नल्याए पनि समानुपातिकमा उसले ठूला दललाई धक्का दिने सम्भावना छ । त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीले पनि देशैभरि उम्मेदवारी दिएको छ । स्थानीयरूपमा लोकप्रिय रहेकै व्यक्तिहरु सो पार्टीका उम्मेदवार बनेका छन् । उनीहरुले प्रत्यक्षमा जित्ने मत नल्याए पनि ठूला दलको उम्मेदवारको धेरै मत काट्ने भएकाले नतिजालाई तलमाथि पार्न सक्छन् । साथै समानुपातिकमा पनि सो पार्टीले सहजै थ्रेसहोल्ड कटाउने रिपोर्टले सत्तारुढ दलका नेताहरु तनावमा परेका छन् ।

गृह मन्त्रालय स्रोतका अनुसार गुप्तचरको पछिल्लो रिपोर्टमा आगामी निर्वाचनमा नेपाली कांग्रेस नै पहिलो पार्टी बने पनि समानुपातिकमा एमालेले धेरै मत ल्याउने सम्भावना छ । तेस्रो दल माओवादी केन्द्र हुने र चौथोमा समाजवादी, जसपा र राप्रपामध्ये आउनसक्ने विश्लेषण गरिएको छ । रवीन्द्र मिश्रदेखि ज्ञानेन्द्र शाहीसम्म समावेश भएको र भ्रष्टाचारविरोधी एजेन्डा बनाएकाले राप्रपाप्रति यसपटक जनताको आकर्षण देखिएको छ । अर्काे हिन्दू राष्ट्र, संवैधानिक राजतन्त्र तथा प्रदेश सरकार खारेजीको चुनावी एजेन्डा बनाएर उसले समानुपातिकमा भोट तान्ने रणनीति बनाएको छ ।

स्थानीय तहको निर्वाचनले नै ठूला दलले जनताको विश्वास गुमाइसकेको संकेत गरेको छ । विकल्प नहुँदा स्थानीय दलमा दलकै उम्मेदवार विजयी भएको र संसदीय निर्वाचनमा धेरै नयाँ उम्मेदवार भएकाले उनीहरुले ठूलो भोट तान्ने विश्लेषण छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.