Advertisement

एनआइसी एसिया ग्रोथ र ब्यालेन्स्ड फन्डको नगद लाभांशमा मूल्य समायोजन

0 41

Advertisement

१५ कात्तिक, काठमाडौँ । एनआइसी एसिया ग्रोथ र एनआइसी एसिया ब्यालेन्स्ड फन्ड दुवैको १३ प्रतिशत नगद लाभांशमा मूल्य समायोजन भएको छ ।

समायोजनपछि ग्रोथ फन्डको प्रतिइकाई ९ रुपैयाँ २५ पैसालाई आधार मानेर आज मंगलबारको पहिलो कारोबार खुल्नेछ ।सोमबारको अन्तिम कारोबार मूल्य १० रुपैयाँ ५५ पैसालाई आधार मानेर यसको मूल्य समायोजन गरिएको हो ।

ब्यालेन्स्ड फन्डको समायोजन पछिको मूल्य ८ रुपैयाँ ७८ पैसा कायम भएको छ । यसैलाई आधार मानेर मंगलबारको पहिलो कारोबार खुल्नेछ । सोमबारको अन्तिम कारोबार मूल्य १० रुपैयाँ ८ पैसालाई आधार मानेर यसको मूल्य समायोजन गरिएको हो । दुवै फन्डले १३ प्रतिशत नगद लाभांश प्रयोजनका लागि आज कात्तिक १५ गते बुक क्लोज गरेका छन् ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.