Advertisement

राष्ट्र बैंकले पाँच रुपैयाँ दरका ३५ करोड थान नोट छपाई गर्दै

0 7

Advertisement

१० वैशाख, काठमाडाैं । नेपाल राष्ट्र बैंकले पाँच रुपैयाँ दरका ३५ करोड थान नोट छपाई गर्ने भएको छ । केन्द्रीय बैंकले नोट छपाई गर्नका लागि टेण्डर आह्वान गरेको हो ।

राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले नोट छाप्न योग्य सेक्युरिटि प्रिन्टरहरुका लागि अन्तराष्ट्रिय टेण्डर आह्वान गरेको हो । बोलपत्र कागजातका लागि नेपाली २० हजार, १५० अमेरिकी डलर, युरो १४० वा १२० पाउण्ड स्टर्लिङ लाग्ने केन्द्रीय बैंकले जनाएको छ । पूर्वबोलपत्र आह्वान गर्ने समय मे १० नेपाली समय ११ बजेसम्म रहेको छ ।

राष्ट्र बैंकले २०२४ जुन ३ तारिखको दिउँसो १२ बजे भित्र प्रस्ताव पेश गर्न आह्वान गरेको छ । प्रस्ताव पेश गर्दा २ करोड १० लाख धरौटी राख्नु पर्ने राष्ट्र बैंकले जनाएको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.