Advertisement

त्रिशुली जलविद्युतको आईपीओमा ७९ हजार सेयरधनीले थपे साढे १६ करोड

0 123

Advertisement

०४ कार्तिक, काठमाडाैं । त्रिशुली जलविद्युत कम्पनीले विद्यमान ७९ हजार ३६७ सेयरधनीबाट १६ करोड ४१ लाख १ हजार ४०१ रुपैयाँ बढी रकम संकलन गरेको छ ।

सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडका अनुसार कार्तिक ४ गते शुक्रबार दिउँसो साढे १ बजेसम्म ७९ हजार ३६७ वटा आवेदनबाट १८ लाख ८६ हजार २२३ कित्ता सेयरका लागि आवेदन परेको हो ।

त्रिशुली जलविद्युतले असोज ४ गतेदेखि आफ्ना सेयरधनीहरुलाई चुक्ता हुन बाँकी ८७ रुपैयाँका दरले रकम संकलन गर्न थालेको थियो । त्रिशुलीले २०७५ चैत ७ गतेदेखि जारी पुँजी २ अर्ब ४७ करोड रुपैयाँको १५ प्रतिशतले हुन आउने ३७ करोड ५ लाख रुपैयाँ बराबरको प्रतिकित्ता १०० अंकित दरका ३७ लाख ५ हजार कित्ता साधारण सेयर निष्कासन गरेको थियो ।

सो समयमा कम्पनीले अंकित मूल्यको १० रुपैयाँका दरले मात्र अग्रिम सेयर संकलन गरेको थियो । १० रुपैयाँका दरले रकम भुक्तानी गरेका सेयरधनीहरुबाट कम्पनीले उठाउन बाँकी ९० रुपैयाँमा ३ रुपैयाँका दरले ब्याज प्राप्त भएकाले ८७ रुपैयाँका दरले रकम जम्मा गर्न भनेको हो ।
कम्पनीको सेयर बाँडफाँडमा सेयर पाई प्रतिकित्ता १० रुपैयाँ बुझाएका जम्मा १ लाख ५४ हजार ५५९ जना सर्वसाधारण सेयरधनीले प्रतिकित्ता बाँकी ९० रुपैयाँ बुझाउनुपर्नेछ ।

विद्यमान सेयरधनीले आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड क्लियरिङ लिमिटेडबाट उपलब्ध गराइएको ‘मेरो सेयर’ सफ्टवेयरबाट समेत शेयरधनीहरुले रकम बुझाउन सक्नेछन् । सेयरधनीहरुले यसरी रकम भुक्तानी गर्दा आश्वा शुल्क समेत तिर्नुपर्ने छैन । रकम बुझाउने अन्तिम मिति कात्तिक १७ गतेसम्म तोकिएको छ ।

कम्पनीको धितोपत्र निश्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.