Advertisement

राजेश राई जिताऔँ अभियान कार्यक्रम सल्ले ९ गृह वडामा सम्पन्न

0 519

Advertisement

सराेज राई
०४ कार्तिक, खाेटाङ। इमेज टेलिभिजनबाट प्रसारण भइरहेको गायन रियालिटी शो ‘नेपाल्स सिङ्गिङ सुपरस्टार’ मा खोटाङका राजेश राई फाइनलमा पुगेका छन् । फाइनलमा राईसँगै अन्य ५ जना प्रतिस्पर्धि रहेका छन् । फाइनलमा पुग्न सफल राईलाई उपाधि जिताऔँ अभियान अन्तरगत यहि कात्तिक ४ गते हलेसी सल्ले ९ गृह वडामा राजेश राई उपाधि जिताऔँ अभियान कार्यक्रमको सम्पन्न भएकाे छ ।

कार्यक्रममा वडा प्रमूख काशि राज राईलगाएत स्थानिय बासिहरु उपस्थित भई कार्यक्रमकाे हाैसला बढाएका थिए। पून यहि कात्तिक ७ गते हलेसी मन्दिरको प्रांगणमा सांगीतिक कार्यक्रम हुने भएको छ ।

प्रत्येक आइतबार र सोमबार हप्ताको दुई दिन बेलुका ७ः४५ बजेबाट इमेज टेलिभिजनबाट प्रसारण भइरहेको रियालिटी शोको उपाधिकालागि धमाधम भोटिङ भइरहेकाले राईले भोटको अपिल गरेका छन् । राईलाई उपाधि जिताउन भोट गर्न चाहानेले नेपालबाट ओएसआर कनेक्ट एपमा गएर भोटिङ गर्न सकिनेछ भने बिदेशबाट खल्ती डटकममा गएर भोटिङ गर्न सकिने राईले बताए ।

खोटाङको हलेसी तुवाचुङ नगरपालिका–९ सल्ले साविकको सल्ले गा.वि.स–६ निशंखेमा जन्मिएका राई करीब १३ वर्षदेखि सङ्गीत क्षेत्रमा सक्रिय छन् । करीब ५० वटा गीत रेर्कड गराइसकेका राईको अर्खौले बजारमा दश रुपैयाँ गोटा रोटी, तोडियो तोडियो १ र २, आइतबार र कालो कालो बादलु लगायतका गीतहरु चर्चामा छन् ।

भ्वाइस स्टार नेपाल्सले निर्माण गरेको उक्त रियालिटी शोमा निर्णायक संजय श्रेष्ठ, सत्यराज आचार्य, स्वरुपराज आचार्य र गायिका मिलन नेवार रहेका छन् । शोको नियम अनुसार अन्य रियालिटी शोमा भाग लिइसकेका प्रतिस्पर्धीहरु वा पाँच वर्षभन्दा बढी समयदेखि साङ्गीतिक क्षेत्रमा सक्रिय गायक गायिकाले सहभागीता जनाएका छन् ।

विजेताले २५ लाख नगद प्राप्त गर्ने बताइएको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.