Advertisement

निर्वाचन आयोगले माधव नेपाललाई सोध्यो २४ घण्टे स्पष्टीकरण

0 222

Advertisement

०३कार्तिक, काठमाडौं । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई निर्वाचन आचारसंहिता उल्लघंन गरेको भन्दै निर्वाचन आयोगले २४ घण्टे स्पष्टीकरण सोधेको छ। रौतहटमा भएको एक कार्यक्रममा अध्यक्ष नेपालले आफूले चुनाव जिते युवाहरूलाई वैदेशिक रोजगारीमा पठाउने आश्वासन दिएका थिए।

अध्यक्ष नेपालको उक्त भाषणको भिडियो सामाजिक सञ्जालहरूमा भाइरल भएको छ। आयोगले उक्त भिडियोलाई आधार बनाएर नेता नेपालसँग स्पष्टीकरण सोधेको हो।

‘आयोगबाट गठित सामाजिक सञ्जाल अनुगमन टोलीबाट अध्ययन तथा परीक्षण गर्दा तपाईँ होइन भन्न सकिने कुनै आधार कारण नदेखिएकोले उक्त विषयप्रति आयोगको गम्भीर ध्यानाकर्षण भइ यो पत्र लेख्ने कार्य भएको छ,’ आयोगको पत्रमा नेता नेपाललाई लक्षित गर्दै लेखिएको छ, ‘तपाईँलाई कुनै माध्यमबाट प्राप्त भएको २४ घण्टाभित्र निर्वाचन आयोग वा तपाईँ उम्मेदवार रहेको जिल्लाको जिल्ला निर्वाचन कार्यलयमा स्पष्टीकरण पेश गर्नुहुन जानकारी गराइन्छ।’



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.