Advertisement

पेटबाट निकालियो ५.५ इन्च लामो स्टिलको गिलास

0 159

Advertisement

२५ असाेज, काठमाडाैं । पेट दुखाई निकै सामान्य समस्या हो । कहिलेकाँही गलत खानपिनका कारण पेट दुख्छ । कतिले पेट दुख्दा औषधी खान्छन् भने धेरै नै समस्या भएपछि अस्पताल जान्छन् ।

हालै भारतमा एउटा घटना सार्वजनिक भएको छ । एक युवक पेट दुखेको समस्या लिएर डाक्टरलाई भेट्न गएका थिए, डाक्टर उनको रिपोर्ट हेरेर चकित भए । डाक्टरले उनको स्वास्थ्य परीक्षण गर्दा पेटमा एउटा स्टीलको गिलास फसेको भेटे ।

के हो पूरा घटना ?

रिपोर्टका अनुसार यो घटना भारतको बिहारस्थित बेतियाको हो । २२ वर्षका एक युवकलाई केही दिन अघि असाध्यै पेट दुख्यो र मलद्वारबाट रगत बग्न थाल्यो । घटनाको गम्भीरता हेर्दै उनलाई तुरुन्त पटना मेडिकल कलेज अस्पताल लगियो । परीक्षण गर्दा उनको पेटमा १४ सेन्टिमिटर लामो गिलास फसेको डाक्टरलाई थाहा भयो । त्यो शरीर भित्र फसेको थियो त्यसैले उनको मलद्वारबाट रगत बग्न थालेको थियो ।

साढे दुई घण्टा चल्यो शल्यक्रिया

शल्यक्रियालाई नेतृत्व गर्ने डा. चन्द्र शेखर कुमारले दिएको जानकारी अनुसार यो शल्यक्रियालाई ११ डाक्टरको समूहले गरेको र सफलतापूर्वक स्टिलको गिलासलाई शरीर बाहिर निकालियो । यी युवकको शरीरबाट गिलास निकाल्नका लागि कोलोस्टमी गरियो । यो एउटा यस्तो शल्यक्रिया हो जसमा आन्द्रामा एउटा प्वाल पारिन्छ र एउटा ब्याग फिट गरिन्छ । यसो गरे घाउ छिटो निको हुन्छ ।

भारतीय सञ्चार माध्यमका अनुसार उनलाई केही दिन पछि डिस्चार्ज गरिनेछ र जनवरीमा उनको कोलोस्टोमीलाई निकालिनेछ । डाक्टरले दाबी गरे अनुसार ती युवक नशामा भएका बेला उनको शरीरभित्र यो स्टिलको गिलास पसेको हुनुपर्छ । उनलाई घटना कसरी भयो केही थाहा छैन ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.