Advertisement

कर्णाली राजमार्ग खुल्न अझै समय लाग्ने

0 109

Advertisement

२५ असाेज, काठमाडाैं । लगातारको अविरल वर्षाका कारण अवरुद्ध कर्णाली राजमार्ग खुल्न अझै समय लाग्ने भएको छ । कर्णाली राजमार्गको कालीकोट सडकखण्डको तीन दर्जनभन्दा बढी ठाउँमा पहिरो गएपछि राजमार्ग सञ्चालनमा आउन अझै केही समय लाग्ने भएको छ ।

कर्णाली राजमार्गको विभिन्न ठाउँमा पहिरो झरेकाले राजमार्ग सञ्चालन हुन सकेको छैन । राजमार्ग सञ्चालन नहुदा छोटो तथा लामो दूरीका सवारीसाधन चल्न सकेका छैनन् ।

कर्णाली राजमार्गको कालीकोट सडकखण्ड सञ्चालन हुन अझै केही समय लाग्ने कालिकोटका प्रमुख जिल्ला अधिकारी रामहरि शर्माले बताए । यस वर्षको अविरल वर्षासँगै आएको बाढी पहिरोमा परी जिल्लाभरी १९ जना बेपत्ता भएको प्रजिअ शर्माले जानकारी दिए ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.