Advertisement

नेपालको विकासमा सघाउन गैर आवासीय नेपालीलाई प्रधानमन्त्रीको आग्रह

0 69

Advertisement

२५ असोज, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमा पूँजी लगानी गरी नेपालको विकासमा सहयोग गर्न गैर आवासीय नेपालीहरुलाई आह्वान गरेका छन् । मंगलबार गैर आवासीय नेपाली संघको वार्षिक साधारण सभालाई सम्बोधन गर्दे उनले यस्तो आह्वान गरेका हुन् ।

प्रधानमन्त्री देउवाले गैर आवासीय नेपाली संघलाई सहजरुपमा लगानी गर्नसक्ने र लगानीको प्रतिफल उपभोग गर्नसक्ने वातावरण निर्माण गर्न सरकार प्रतिबद्ध रहेको बताए । उनले हरेक गैर आवासीय नेपालीहरुले विदेशमा नेपालको पहिचान जगाउन, विदेशी लगानीकर्ताहरुलाई लगानी गर्न उत्प्रेरित गर्न, महत्वपूर्ण भूमिका खेल्नुपर्ने आवश्यक्ता रहेको बताए ।

उनले गैर आवासीय नेपाली समुदायले विदेशमा नेपालमा उत्पादित वस्तुको उपयोगलाई प्राथमिकता दिन र स्वदेशी उत्पादनहरुको विकास र प्रवद्र्धनमा सहयोग पुर्‍याउन आवश्यक रहेको पनि बताए ।

प्रधानमन्त्री देउवाले यसबाट नेपालको श्रम, सीप, कच्चा पदार्थमा आधारित साना तथा मझौला उद्योगहरुको संरक्षणमासमेत टेवा पुग्ने विश्वास व्यक्त गरे । उनले गैर आवासीय नेपालीहरुले विदेशमा आर्जन गरेको पूँजीलाई नेपालमा विभिन्न क्षेत्रमा लगानी गर्न जोड दिनुका साथै सम्बन्धित देशमा रहेका नेपालीहरुले समन्वय र सहकार्य गरी विदेशी लगानीकर्ताको पूँजीलाई नेपालमा भित्राउन समेत अग्रसरता लिन आवश्यक रहेको औल्याए ।

उनले गैर आवासीय संघको पहलमा सरकारले यस आर्थिक वर्षमा नेपालमा विदेशी लगानीको न्यूनतमा सीमा ५ करोडबाट २ करोड रुपैयाँसम्म कायम गरेको बताए । उनले धितोपत्रको दोस्रो चरणमा गैर आवासीय नेपालीहरुलाई खुला गर्न कानूनी व्यवस्था मिलाइने कुरा समेटिएको उल्लेख गरे । उनले वैदेशिक रोजगारीमा गएका नेपालीलाई धितोपत्रको प्राथमिक निष्कासनमा १० प्रतिशत शेयर आरक्षित गर्ने व्यवस्था गरिएको पनि बताए ।

प्रधानमन्त्री देउवाले निकट भविष्यमा नै गैर नागरिकता सम्बन्धी ऐनलाई सरकारले संशोधन गर्ने प्रतिवद्धता जनाए ।

उनले भने, ‘तपाईंहरुले धेरै उठाउँदै आएको कुरा नागरिकता सम्बन्धी सवाललाई पनि निकट भविष्यमा गैर नागरिकता सम्बन्धी ऐनमा समेटेर लैजाने छौँ । आफूसँग भएको सीप, पूँजीहरु नेपालको विकासमा लगाउन आह्वान गर्दछु ।’

प्रधानमन्त्री देउवाले सरकारले गैर आवासीय नेपालीहरुको नेपाल आगमनमा सहजीकरणदेखि सम्पत्तिको सुरक्षित गर्ने सम्बन्धमा आवश्यक सहयोग उपलब्ध गराउँदै आएको उल्लेख गरे ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.