Advertisement

चिकित्सकको लाइसेन्स परीक्षामा १ हजार १७६ जना फेल

0 64

Advertisement

०९ असोज, काठमाडौं । ६४ औं चिकित्सक दर्ता प्रमाणपत्र परीक्षा (लाइसेन्स परीक्षा)मा ५७ दशमलव ६८ प्रतिशत अर्थात १ हजार १७६ जना अनुत्तीर्ण भएका छन् ।

नेपाल मेडिकल काउन्सिलले शनिबार सार्वजनिक गरेको नतिजा अनुसार ४२.३२ प्रतिशत मात्र उत्तीर्ण भएका हुन् ।

बिहीबार, शुक्रबार र शनिबार लाइसेन्सको परीक्षा भएको थियो । काउन्सिलका रजिष्ट्रार डा. कृष्ण अधिकारीका अनुसार परीक्षामा २ हजार ६० जना सहभागी भएका थिए । जसमध्ये ८ सय ६३ जना उत्तीर्ण भए भने २१ जना अनुपस्थित रहे ।

उनका अनुसार डेन्टल (बीडीएस) तर्फ ६५ प्रतिशत अनुत्तीर्ण भएका छन् । बीडप्एस तर्फ ३५५ जनाले आवेदन दिएकोमा २ जना अनुपस्थित भएका थिए । परीक्षामा सहभागी ३५३ जनामध्ये २३० जना अनुत्तीर्ण भएका हुन् ।

यस्तै, एमबीबीएस तर्फ ५६ दशमलव ११ प्रतिशत अनुत्तीर्ण भएका छन् । परीक्षामा १ हजार ७०५ जनाले आवेदन दिएका थिए । १ हजार ६८६ जनाले परीक्षा दिएकोमा ७४० जना उत्तीर्ण र ९४६ जना अनुत्तीर्ण भएका छन् ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.