Advertisement

कमलादीस्थित लक्ष्मी बैंक परिसर खोतल्दा भेटियो टुकुचा खोला (तस्बिरहरू)

0 195

Advertisement

०१ असाेज, काठमाडौं । काठमाडौं महानगरपालिकाले कमलादीस्थित लक्ष्मी बैंक नजिकै खोतल्दा टुकुचा खोला फेला पारेको छ।

शनिबार महानगरले टुकुचा खोला पत्ता लगाउन डोजर लगेर खोतलेको हो। सोहि क्रममा १०-१२ फिट तल टुकुचा खोला फेला परेको महानगरले जानाएको छ।

खोलाको बहाब क्षेत्र पत्ता लगाएर डोजरले खोतल्दा खोला फेला पारिएको महानगरले जनाएको छ।

महानगरले केही समय पहिले खोलाको बहाब क्षेत्र पत्ता लगाउन सूचना जारी पनि गरेको थियो।

बिहीबार जय नेपाल हलको कम्पाउन्डमा टुकुचा खोला फेला परेको थियो।

केही दिनअघि महानगरपालिकाले जय नेपाल हल परिसर भत्काएर टुकुचा खोला उत्खननको काम सुरु गरेको थियो । महानगरपालिकाले टुकुचा खोलामा अवैध रुपमा निर्माण भएका संरचना भत्काएर करिडोर निर्माण गर्ने अभियान थालेको छ ।

महानगरले पछिल्लो समय टुकुचा खोलाको बहाब क्षेत्र पत्ता लागाइ फेला पार्ने अभियानै संचालन गरि काम गरिरहेको छ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.