Advertisement

नेपालको बिजुली बेच्न दुई भारतीय कम्पनीबीच समझदारी

0 91

Advertisement

१५ भदाै, काठमाडाैं । नेपालका दुई जलविद्युत आयोजनाको बिजुली भारतीय बजारमा बिक्रीका लागि भारतीय दुई सरकारी कम्पनीले विद्युत् खरिद बिक्री सम्बन्धी समझदारीमा हस्ताक्षर गरेका छन् ।

लगानी बोर्ड नेपालबाट आयोजनाको अध्ययनको अनुमति पाएको  एनएचपीसी इन्डियाले पश्चिम सेती र सेती नदी–६ जलविद्युत आयोजनाबाट उत्पादन हुने विद्युत् पीटीसी इन्डियाले खरिद गर्ने गरी मंगलबार समझदारीमा हस्ताक्षर गरेका हुन् ।

दुई साता पहिला लगानी बोर्डले ७५० मेगावाटको पश्चिम सेती र ४५० मेगावाटको सेती नदी–६ आयोजना विकासको जिम्मा भारत सरकारकै स्वामित्वको कम्पनी एनएचपीसीलाई दिएको थियो ।

दुई आयोजनाबाट उत्पादन हुने सम्भावित १२०० मेगावाट मध्ये २३२ मेगावाट विद्युत् नेपालले निशुल्क पाउने र बाँकी पीटीसीले खरिद गर्ने गरी समझदारी भएको हो । समझदारीपत्रमा एनएचपीसीका अध्यक्ष अभय कुमार सिंह र पीटीसीका अध्यक्ष राजीवकुमार मिश्रले हस्ताक्षर गरेका छन् ।

पीटीसीसँग बिजुली बिक्रीको एमओयूले पश्चिम सेती र सेती नदी आयोजनाबाट उत्पादन हुने बिजुलीको बजार सुनिश्चिता कायम भएको छ । वित्तीय व्यवस्थपनका लागि वित्तीय क्षेत्रलाइ आश्वास्त गर्ने गरी यो सम्झौता भएको हो ।

लगानी बोर्डसँग दुबै आयोजनाको सम्भाव्यता अध्ययन गरेर विस्तृत परियोजना प्रतिवेदन तयारीका लागि एओयू गरेको दुई सातापछि एनएचपीसीले पीटीसीसँग विद्युत व्यापार सम्झौता गरेको हो ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.