Advertisement

साफ महिला च्याम्पियनसिपका लागि नेपाली टोली घोषणा

0 137

Advertisement

११ भदाै, काठमाडौँ । यही भदौ २१ गतेदेखि असोज ३ गतेसम्म दशरथ रंगशालामा हुने साफ महिला च्याम्पियनसिपका लागि नेपाली टोली घोषणा भएको छ ।

प्रशिक्षक कुमार थापाले शनिबार २३ सदस्यीय अन्तिम टोली घोषणा गरेका हुन् । टोलीमा तीन नयाँ खेलाडी डिफेण्डर समीक्षा घिमिरे, मिडफिल्डर दीपा शाही र फरवार्ड अमिसा कार्मीले पहिलो पटक सिनियर टिममा स्थान बनाएका छन् ।

समूह बी मा रहेको नेपालले भदौ २१ गते उद्घाटन खेलमा भुटानसँग खेल्नेछ । प्रशिक्षक थापाले तीन नयाँ खेलाडी प्रतिभावान रहेको र टिमको तयारी राम्रो भएको बताए ।

प्रतियोगिता नजिकिंदै जाँदा नेपाली टिमको कप्तान भने अझै घोषणा गरिएको छैन । यसअघिकी कप्तान रेनुका नगरकोटी घाइते भएर टिममा नहुँदा नयाँ कप्तान बनाउनुपर्ने भएको हो ।

प्रशिक्षक थापाले प्राविधिक कमिटी बसेर केही दिनमा कप्तान चयन गर्ने जानकारी दिए।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.