Advertisement

श्रीमतीको हत्या आरोपमा झापामा एक जना पक्राउ

0 124

Advertisement

११ भदौ, बनियानी । झापाको झापा गाउँपालिकामा एक व्यक्ति श्रीमतीको हत्या गरेको आरोपमा पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा झापा गाउँपालिका-६ स्थित चन्द्रबस्तीका ४० वर्षीय नाइके हास्दा रहेका छन् । उनले शुक्रबार राति १०: १० बजे ३५ वर्षीय श्रीमती तालामाईको कोखामा हतियार प्रहार गरेर हत्या गरेको झापा जिल्ला प्रहरी कार्यालयका प्रवक्ता वसन्त पाठकले जानकारी दिए ।

श्रीमतीको हत्या गरी फरार भएका उनलाई आज बिहान ८ बजे नेपाल–भारत सीमा नजिकै कचनकवल–१ बाट पक्राउ गरिएको र घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.