Advertisement

हैजा नियन्त्रण गर्न चुन छर्किँदै काठमाडौँ महानगर

0 128

Advertisement

११ भदाै, काठमाडौँ । काठमाडौँ महानगरपालिकाले हैजा नियन्त्रणका लागि प्रत्येक वडामा किटनाशक चुन छर्किन थालेको छ ।

उपत्यकामा हैजाका बिरामी बढ्न थालेपछि काठमाडौँका ३२ वटै वडा कार्यालयले फोहोर उठाइएका क्षेत्र, घाँस तथा झाडी भएको क्षेत्रमा सरसफाइ गर्दै चुन छर्किने काम भइरहेको महानगरले जनाएको छ ।

बुधबार महानगरले एक परिपत्र जारी गर्दै सबै वडामा हैजा नियन्त्रण गर्न फोहोर उठाइएका क्षेत्रमा चुन छर्न आग्रह गरिएको महानगरका प्रवक्ता नवीन मानन्धरले जानकारी दिए ।

महानगरको निर्देशन अनुसार सबै वडा कार्यालयलहरुले फोहोर उठाइएका क्षेत्र तथा झाडी भएको स्थानमा चुन छर्न सुरु गरिएको मानन्धरले बताए ।

पछिल्लो समय काठमाडौँ उपत्यकामा डेंगुको समेत संक्रमण बढेको छ । डेंगु संक्रमण रोक्न जनचेतना फैलाउन महानगर क्षेत्रमा घरदैलो कार्यक्रम सञ्चालन गर्ने तयारी भइरहेको पनि महानगरले जनाएको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.