Advertisement

माओवादी स्थायी समिति बैठक सुरु, पदाधिकारी चयन गर्ने

0 70

Advertisement

०३ भदाै, काठमाडाैं । पूर्वनिर्धारित समयभन्दा एक घण्टा ढिला नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक सुरु भएको छ।

अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आन्तरिक छलफलमा व्यस्त भएपछि एक घण्टा ढिला बैठक सुरु भएको हो।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी बैठकले आज पार्टी पदाधिकारी टुंगो लगाउने नेताहरुले बताएका छन्।

आन्तरिक प्रतिष्पर्धा तीव्र बनेपछि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पदाधिकारी छनोटमा सकस परेको हो। त्यसकारण महाधिवेशन भएको लामो समय बित्दा पनि पदाधिकारी चयन हुन सकेका छैनन्।

शुक्रबारको बैठकमा प्रचण्डले पदाधिकारीको नाम पढेर सुनाउने कार्यक्रम छ। पार्टीको महासचिव देव गुरुङ चयन हुने बताइएको छ महासचिवका आकांक्षीद्वय वर्षमान पुन र जनार्दन शर्माबीचको प्रतिष्पर्धा अस्वस्थ हुँदै गएपछि गुरुङले बाजी मार्ने भएका हुन्।

पुन र शर्मा भने उपमहासचिवमा थन्किने भएका छन्। वरिष्ठ उपाध्यक्षमा नारायणकाजी श्रेष्ठ र उपाध्यक्षहरुमा दिनानाथ शर्मा, कृष्णबहादुर महरा, हरिबोल गजुरेल, गणेश साह र पम्फा भुसालको नाम चर्चामा छ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.