Advertisement

श्रीमान-श्रीमती लागुऔषधसहित पक्राउ

0 125

Advertisement

३० साउन, काठमाडौँ । सुर्खेत प्रहरीले वीरेन्द्रनगरबाट लागुऔषधसहित श्रीमान-श्रीमतिलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका-४ समावेशी टोलका लल्लु भन्ने किरण गिरी र उनकी श्रीमती सानु भन्ने सरला शाही रहेका छन् । उनीहरुलाई समावेशी टोलबाट नै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतमा प्रवक्ता एवं डीएसपी सुरज कार्कीले बताए ।

कार्कीका अनुसार उनीहरुको साथबाट ४७ ग्राम ६२० मिलि ग्राउम ब्राउन सुगर र नगद २६ हजार तीन सय रुपैयाँ बरामद गरिएको छ । पक्राउ गरेका गिरी दम्पतिमाथि अहिले थप अनुसन्धान भइरहेको डीएसपी कार्कीले बताए ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.