Advertisement

अफगानिस्तानसँगको दोस्रो टी-२० क्रिकेटमा पनि आयरल्यान्ड विजयी

0 116

Advertisement

२७ साउन, काठमाडौँ । अफगानिस्तानसँगको दोस्रो टी–२० क्रिकेट पनि आयरल्यान्डले जितेको छ । गएराति भएको खेलमा आयरल्यान्ड ५ विकेटले विजयी भएको हो ।

जितका लागि अफगानिस्तानले दिएको १ सय २३ रनको लक्ष्य आयरल्यान्डले ६ बल बाँकी छँदै ५ विकेट गुमाएर १ सय २५ रन जोड्दै भेट्टायो ।

आयरल्यान्डका लागि कप्तान एण्डी बालबिर्नीले सर्वाधिक ४६ रन जोडे । यस्तै, लार्कन टकिरले २७, जर्ज डकरेलले २५ रन बनाए । अफगानिस्तानका लागि मोहम्मद नाबीले २ विकेट लिए भने मुजिब उर रहमान, फाजलहक फारुकी र नभिन उल हकले एक-एक विकेट लिए ।

त्यसअघि ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित ओभरमा ८ विकेट गुमाएर १ सय २२ रन बनाएको थियो ।

अफगानिस्तानका लागि हशमातुल्लाह शहिदीले ३६, इब्राहिम जार्दनले १७ र अजमुताल्लाह ओमरजाइले ११ रन जोडे । आयरल्यान्डका जोश लिटल, मार्क एदैर, करटिस् क्याफर र ग्रेथ डिलानेले २-२ विकेट लिए । पहिलो खेलमा पनि आयरल्यान्ड ७ विकेटले विजयी भएको थियो । यी दुईबीचको तेस्रो खेल आज हुँदैछ ।

५ खेलको टी-२० शृङ्खला खेल्न अफगानिस्तान आयरल्यान्डको भ्रमणमा रहेको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.