Advertisement

चुनावी रणनीति तय गर्न एमाले बैठक बस्दै

0 104

Advertisement

२५ साउन, काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधि सभा निर्वाचनबारे छलफल गर्न विभिन्न पार्टी कमिटीका बैठक बोलाउने तयारी गरेको छ ।

एमालेले केन्द्रीय सचिवालय, स्थायी कमिटी, पोलिटब्युरो हुँदै केन्द्रीय कमिटी बैठक बोलाउने तयारी गरेको हो । एमाले नेताहरूका अनुसार आगामी भदौ १५ गतेभित्र पार्टी कमिटीका सबै बैठक बसेर चुनावी कार्ययोजनासहितको रणनीति तय गर्नेछ ।

एमाले उपमहासचिव समेत रहेका नेता विष्णु रिमालले पनि बैठकको तयारी भइरहेको बताए ।

‘बैठक बस्ने निश्चित हो । तर समय तय भैसकेको छैन । आज भोलिभित्रै सचिवालय बैठक बसेर अरू बैठक कहिले कहिले बस्ने भन्ने टुङ्गो लाग्छ’, उपमहासचिव रिमालको भनाइ छ ।

एमालेको विधानअनुसार प्रदेश र प्रतिनिधिसभा निर्वाचनका उम्मेदवार तय गर्ने जिम्मा केन्द्रले नै पाएको छ । तर विगतको परम्पराअनुसार औपचारिकता लागि प्रदेश र जिल्ला कमिटीबाट समेत सम्भावित उम्मेदवारबारे सुझाव माग्न सकिने एमाले नेताहरूको भनाइ छ ।

५ दलीय सत्ता गठबन्धन मिलेर चुनाव लड्ने तयारी गरिरहेका बेला एमालेले उम्मेदवार छनोट गर्दा जित्न सक्ने र टिक्न सक्ने उम्मेदवारको खोजी गर्ने बताउँदै आएको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.