Advertisement

टेनिस स्टार सेरेनाद्वारा सन्यासको घोषणा

0 105

Advertisement

२५ साउन, काठमाडौँ । महिला टेनिस स्टार सेरेना विलियम्सले सन्यासको घोषणा गरेकी छिन्। एक वर्ष बाहिर रहेर गएको जुनमा कोर्ट फर्किएकी सेरेनाले युएस ओपनसँगै सन्यास लिने घोषणा गरेकी हुन्।

उनले मंगलबार राति युएस ओपनपछि टेनिसबाट टाढा रहने घोषणा गरिन्। गएको जुनमा उनले विम्बल्डन च्याम्पियनसिप खेलेकी थिइन्।

उनले सामाजिक सञ्जालमा आफ्नो काउनडाउन शुरु भएको उल्लेख गरेकी छन्।

‘मलाई संन्यास शब्द कहिल्यै मन परेन । यो मेरोलागि आधुनिक शब्दजस्तो लाग्दैन । तर, यसपटक म यो शब्दलाई कसरी प्रयोग गर्ने भन्नेबारे संवेदनशिल हुन चाहन्छु ।

सायद म जे गर्न जादैछु त्यसको वर्णन गर्न यो सबैभन्दा राम्रो शब्द विकाश हो । मैले टेनिसको आनन्द लिइरहे । तर, अब उल्टो गन्ती सुरु भएको छ । मलाई एक आमा भएको र आफ्नो आध्यात्मिक लक्ष्यसाथ एक अलग सेरेनाको खोजमा केन्द्रित हुनु छ ।’

उनले भोग म्यागजिनको सेप्टेम्बरको कभरमा समेत आउँदै गरेकी सेरेनाले आउदो अगस्त २९ देखि सेप्टेम्बर ११ सम्म हुने युएस ओपनपछि सन्यासको लिनेछिन्।

४० वर्षीया अमेरिकी खेलाडीले हालसम्म २३ ग्रान्डस्लाम जितेकी छिन्। पछिल्लो पटक सन् २०१७ मा ग्रान्डस्लाम जितेकी थिइन्।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.