Advertisement

जापानमा पार्टीका वरिष्ठ नेता तथा प्रतिनिधिसँग प्रचण्डको भेट

0 130

Advertisement

२४ साउन, काठमाडौँ । जापान भ्रमणमा रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्तारुढ लिवरल डेमोक्रेटिक पार्टी जापानका वरिष्ठ नेता लगायतका नेताहरुसँग भेटवार्ता ‍गरेका छन् ।

मंगलबार एलडीपी हेडक्वार्टर टोकियोमा प्रचण्ड र लिवरल डेमोक्रेटिक पार्टी जापानका वरिष्ठ नेतालगायतसँग भेटवार्ता गरेका हुन् ।

भेटमा पुर्व महासचिव, पुर्व अर्थ, व्यापार र उधोगमन्त्री तथा जापानी प्रतिनिधिसभाका सदस्य एवं नेपाल जापान संसदिय समितिका सभापति तोसिहिरो निक्कइसँग सहभागी थिए ।

भेटमा दुई देशबीचको आपसी सम्बन्धलाई अझ सुदृढ गर्न उच्च तहका भ्रमणहरुको आदानप्रदान देखि स्थानीय सहररनगरहरुबीच भगिनी सम्बन्धको विकास, नेपालको कृषि, जलविद्युत, भौतिक पुर्वाधार लगायतका विषयमा छलफल भएको प्रचण्डको सचिवालयले जनाएको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.