Advertisement

नेपालमा बाघको संख्या ३५५ पुग्यो

0 83

Advertisement

१३ साउन, काठमाडौं । नेपालमा बाघको संख्या ३५५ पुगेको छ । विश्व बाघ दिवसको अवसर पारेर सार्वजनिक तथ्यांकअनुसार पछिल्लो ४ वर्षमा १२० थपिएका छन् ।

सन् २०१८ मा नेपालमा २३५ बाघ थिए । अहिले ३५५ पुगेको छ । सबभन्दा धेरै चितवन राष्ट्रिय निकुञ्जमा १२८ वटा बाघ छन् भने बर्दिया राष्ट्रिय निकुञ्जमा १२५ वटा छन् । पर्सामा ४१, शुक्लाफाँटामा ३६ र बाँकेमा २५ वटा बाघ छन् ।

अन्तर्राष्ट्रिय बाघ दिवसको अवसरमा आज काठमाडौंमा आयोजित विशेष समारोहमा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय बाघ गणनाको नतिजा सार्वजनिक गरेका हुन् ।

नेपालले सन् २०१० मा रुसको सेन्ट पिटर्सवर्गमा बाघको संख्या दोब्बर बनाउने संकल्प गरेको थियो । सो संकल्प पूरा गर्न नेपाल सफल भएको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.