Advertisement

प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ बैठकको कार्यसूची

0 156

Advertisement

१३ साउन, काठमाडौं । प्रतिनिधि सभाको बैठक आज पनि बस्दै छ । बैठक बिहान ११ बजेका लागि संघीय संसद भवन नयाँ बानेश्वरमा बस्नेछ ।

आजको बैठकमा ‘स्टान्डर्ड नाप र तौल (पाँचौं संशोधन) विधेयक, २०७६’, ‘प्रत्यायन (एक्रिडिटेशन) विधेयक, २०७६’ प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल विशेष सेवा विधेयक, २०७६ दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाउन प्रस्ताव प्रस्तुत गर्ने बैठकको कार्यसूची रहेको छ ।

आजकै बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इस्तियाक राईले काठमाडौं उपत्यका सार्वजनिक यातायात व्यवस्थापन प्राधिकरण विधेयक, २०७६ दफावार छलफलका लागि सदनमा प्रस्तुत गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.