Advertisement

ललितपुरमा जिपको ठक्करबाट स्कुटर चालकको मृत्यु

0 171

Advertisement

०९ साउन, काठमाडौँ । ललितपुरको बालकुमारी खरीबोटमा आज (आइतबार) बिहान जिपको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

दुर्घटनामा स्कुटर चालक चितवन घर भई ललितपुरको झम्सिखेल बस्ने २३ वर्षीया रेखा मगरको मृत्यु भएको प्रहरीले जनाएको छ ।

गम्भीर घाइते भएकी उनको उपचारको क्रममा बी एण्ड बी अस्पताल ग्वार्कोमा मृत्यु भएको हो ।

दुर्घटनामा स्कुटरको पछाडि सवार ललितपुरको धोबिघाट बस्ने २३ वर्षीया शकुन्तला घर्ती घाइते भएकी छन् । उनको बी एण्ड बी अस्पतालमा उपचार जारी छ ।

ग्वार्कोबाट कोटेश्वरतर्फ जाँदै गरेको बा ४५ प १३४५ नम्बरको स्कुटरलाई आज बिहान सवा ३ बजे नम्बर नखुलेको जिपले ठक्कर दिएको थियो । दुर्घटनापछि जिप सहित फरार भएका चालकको खोजी भइरहेको ललितपुर प्रहरीले जनाएको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.