Advertisement

सर्वाधिक शक्तिशाली पासपोर्ट जापानको, नेपाली पासपोर्टको अवस्था कस्तो ?

0 136

Advertisement

०५ साउन, काठमाडौं । पासपोर्ट (राहदानी) को वरीयता जारी गर्ने संस्था ‘हेनली एन्ड पार्टनर्स’ ले सन् २०२२ का लागि वरीयता जारी गरेको छ । १९९ देशलाई समेटेर जारी गरिएको वरीयताको शीर्ष स्थानमा जापान रहेको छ ।

जनवरी र जुलाइमा गरी वर्षमा दुई पटक यस्तो वरीयता जारी हुने गर्दछ । हेनली पासपोर्ट भिसा इन्डेक्सको वेबसाइटका अनुसार वर्षभरि रियलटाइम डाटा अपडेट गरिन्छ । यसमा भिसा नीतिमा हुने परिवर्तनलाई पनि ध्यान दिइन्छ ।

कुन देशको पासपोर्ट वाहकले कति देशमा पूर्वभिसा नलिइ यात्रा गर्न सक्छ भन्ने आधारमा वरीयता निर्धारण गरिन्छ । अर्थात, कुन देशका नागरिकले कति मुलुकमा ‘अन अराइभल भिसा’ सुविधा पाएका छन् भन्ने आधारमा वरीयता निर्धारण हुने गर्दछ ।

जापानको पासपोर्ट विश्वकै शक्तिशाली भएको सो विवरणमा खुलाइएको छ । जापानका नागरिक भिसा बिना नै १९३ देशमा यात्रा गर्न सक्छन् । ती मुलुकमा उनीहरुले ‘अन अराइभल भिसा’ प्राप्त गर्दछन् ।

दोस्रो नम्बरमा सिंगापुर, दक्षिण कोरिया संयुक्त रुपमा छन् । यी देशका नागरिकले पूर्वभिसा बिना नै १९२ मा यात्रा गर्न पाउँछन् । यस्तै, तेस्रो नम्बरमा रहेका जर्मनी र स्पेनका नागरिकले १९० मुलुकमा भिसाबिना नै यात्रा गर्न पाउँछन् । फिनल्याण्ड, इटली, लक्जमबर्ग चौथो वरीयतामा छन् । यी मुलुकमा नागरिकले १८९ मुलुकमा भिसा बिना यात्रा गर्न पाउँछन् ।

पाँचौं शक्तिशाली पासपोर्ट अस्ट्रेलिया, डेनमार्क, नेदरल्याण्ड र स्वीडेनको छ, जसका नागरिक १८८ मुलुकमा भिसा बिना नै यात्रा गर्न पाउँछन् । फ्रान्स, आयरल्याण्ड, पोर्चुगल र संयुक्त अधिराज्य बेलायतको पासपोर्ट छैटौं वरीयतामा पर्दछ । यी मुलुकका नागरिक १८७ मुलुकमा भिसा बिना नै यात्रा गर्न पाउँछन् ।

अमेरिकासहित बेल्जियम, न्यूजिल्याण्ड, नर्वे र स्वीटजरल्याण्डको पासपोर्ट सातौं वरीयतामा छ । यी मुलुकका नागरिकले १८६ देशमा बिना भिसा यात्रा गर्न पाउँछन् । यस्तै, आठौं वरीयतामा अस्ट्रेलिया, क्यानाडा, ग्रीस, चेक रिपब्लिक र माल्टाको राहदानी छ । यी मुलुकका नागरिकले १८५ मुलुकमा भिसा बिना नै यात्रा गर्न पाउँछन् ।

हंगेरी नवौं वरीयतामा छ, जसका नागरिकले १८३ मुलुकमा बिना भिसा यात्रा गर्न सक्छन् भने लिथुआनिया, पोल्याण्ड र स्लोभाकियाको पासपोर्ट दशौं वरीयतामा छ । यी मुलुकका नागरिकले १८२ मुलुकमा भिसा बिना नै यात्रा गर्न पाउँछन् ।

नेपाल भने यो वरीयताको १०६ औं स्थानमा छ । नेपाली नागरिकले ३८ मुलुकमा जानका लागि पहिला नै भिसा लिइरहनु पर्दैन । नेपालभन्दा पछाडि सोमालिया, यमन, पाकिस्तान, सिरिया, इराक र अफगानिस्तान छन् ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.