सुनचाँदी दुबैको मूल्य घट्यो, सुन तोलाको ९३ हजारमा झर्यो
०५ साउन, काठमाडाैँ । सुन चाँदी दुबैको भाउ बिहीबार घटेको छ । बिहीबार सुन तोलामा १ हजार रुपैयाँ र चाँदी तोलामा १० रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार बिहीबार छापावाल सुनको मुल्य प्रतितोला ९३ हजार रुपैयाँ निर्धारण गरिएको छ । यस्तै तेजावी सुनको भाउ प्रतितोला ९२ हजार ५०० रुपैयाँ तोकिएको छ ।
हिजो बुधबार तोलामा २०० रुपैयाँले बढेर छापावाल सुनको भाउ तोलामा ९४ हजार रुपैयाँ र तेजावी सुनको भाउ ९३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै आज चाँदीको मुल्य अघिल्लो कारोबार मुल्यको तुलनामा प्रतितोला १० रुपैयाँले बढेर १ हजार १५५ रुपैयाँ तोकिएको महासङ्घले जनाएको छ । बुधबार चाँदी तोलाको ५ रुपैयाँ बढेर १ हजार १६५ रुपैयाँमा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघ र नेपाल सुनचाँदी व्यवसायी महासंघले अन्तर्राष्ट्रिय बजारमा हुने सुनचाँदीको मूल्यको उतारचढावको आधारमा नेपालमा दैनिक सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएका छन् ।
आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १ हजार ६९३ र चाँदी प्रतिऔंस १८.६२ डलरको हाराहारीमा कारोबार भइरहेको छ ।