Advertisement

राप्ती हाइड्रोको साढे २३ करोड मूल्यको आईपीओ किन्ने आज अन्तिम मौका

0 125

Advertisement

०१ साउन, काठमाडाैँ । राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडको प्रारम्भिक सर्वाजनिक निष्काशन (आईपीओ) भर्ने साउन १ गते आइतबार अन्तिम दिन रहेको छ ।

कम्पनीले असार २९ गते बुधबारदेखि २३ करोड ६६ लाख रुपैयाँ बराबरको आईपीओ निष्काशन गरेको थियो । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिइ आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट पनि आवेदन दिन सक्नेछन् । यसका साथै मेरो सेयरको वेब तथा एपमार्फत पनि आवेदन दिन सकिनेछ ।

लगानीकर्ताले न्यूनतम १० कित्ता शेयर खरिदका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा २१ लाख कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् ।

कम्पनीले सर्वसाधारणका लागि २३ करोड ६६ लाख २४ हजार रुपैयाँ बराबरको २३ लाख ६६ हजार २४० कित्ता साधारण सेयर निष्काशन गरेको हो । जसमा आयोजना प्रभावित क्षेत्रका बासिन्दाले नकिनेको ३७ हजार ६२३ कित्ता समेत समावेश छ ।
निष्काशित कुल सेयरमध्ये ३ प्रतिशत अर्थात ७० हजार ९८८ कित्ता कर्मचारीहरुका लागि ५ प्रतिशत अर्थात १ लाख १८ हजार ३१२ कित्ता सामूहिक लगानी कोषको लागि सुरक्षित गरिएको छ । बाँकी २१ लाख ७६ हजार ९४० कित्ताका लागि सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन्।

आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा इक्रा नेपाले कम्पनीलाई इक्राएनपी आईआर बी रेटिङ्ग प्रदान गरेको छ। यसले दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ ।

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ भने सह निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।

कम्पनीले जेठ २४ गतेदेखि आयोजना प्रभावित क्षेत्र रुकुम पूर्वी जिल्ला र रुकुम पश्चिम जिल्लाका स्थानीय बासिन्दाहरुका लागि पहिलो चरणमा ६ लाख १२ हजार ७९३ कित्ता सेयर बिक्री खुला गरेको थियो ।

कम्पनीको जारी पूँजी ६१ करोड २७ लाख ६६ हजार ८०० रुपैयाँ रहेको छ । जसमध्ये संस्थापक सेयरधनीबाट ३१ करोड ८६ लाख २५ हजार ८०० रुपैयाँ चुक्ता भैसकेको छ । २९ करोड ४१ लाख ४१ हजार रुपैयाँको आईपीओ बिक्रीपछि कम्पनीको चुक्ता पूँजी ६१ करोड २७ लाख ६६ हजार ८०० रुपैयाँ पुग्नेछ ।

कम्पनीले रुकुममा ५ मेगावाटको रुकुम गाड हाइड्रोपावर आयोजना निर्माण गरिरहेको छ ।

कति पर्यो आवेदन ?

सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडका अनुसार आइतबार बिहान १० बजेसम्म १३ लाख ८ हजार ४४ वटा आवेदनबाट १ करोड ४७ लाख ५८ हजार ९७० कित्ताको माग परेको छ । उक्त संख्या सर्र्वसाधारणबाट माग भएको सेयर संख्याको ६.७८ गुणा बढी हो । हालसम्मको आवेदकमा नै १० लाख ९० हजार ३५० जना (८३.३५ प्रतिशत) को हात खाली हुने देखिएको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.