Advertisement

सुदूरपश्चिममा बत्ती बाल्ने महिना सुरु

0 116

Advertisement

०१ साउन, डडेल्धुरा । साउन महिना सुरु भएसँगै बैतडीका विभिन्न शक्तिपीठ तथा मन्दिरहरुमा पूजाआजा गर्नेहरुको संख्या बढ्न थालेको छ।

सुदूरपश्चिमका पहाडी जिल्लामा साउन महिनालाई बत्ती बाल्ने महिनाको रुपमा समेत लिने गरिएकाले मन्दिरमा बत्ती बाल्ने चलन छ।

साउन महिनाभरी शक्तिपीठ तथा मन्दिरहरुमा पुगेर बत्ती बाल्ने, भजन किर्तन गर्ने लगायतका चलनहरु रही आएका छन्। साउन महिनामा मन्दिरहरुमा पूजाआजा गरेमा मनोकामना पूर्ण हुने जनविश्वास रही आएकाले यो महिनामा मन्दिरहरुमा भक्तजन जाने गरेको अनिरुद्र मन्दिरका पूजारी गणेशदत्त अवस्थीले बताए।

उनले भने ‘साउन महिनाभरी देवीदेवताका मन्दिरहरुमा पूजापाठ गर्ने चलन रहीआएको छ। श्रावण महिनालाई भगवान शिवको महिनाका रुपमा लिने गरिन्छ।’

बैतडीमा त्रिपुरासुन्दरी, निङगलाशैनी, डिलाशैनी, मेलौली भगवती मन्दिर, रौलाकेदार, सिगासधुरा दोगडाकेदार, उदयदेव मन्दिर, शिवनाथमा भक्तजनहरु दर्शनका लागि पुग्ने गरेका छन्।

जिल्लाको सुर्नया गाउँपालिकामा रहेको रौलाकेदार मन्दिर, सिगास मन्दिर, दशरथचन्द नगरपालिकामा रहेको ग्वाल्लेक केदार, जगन्नाथ मन्दिर, ईश्वरी गंगाधाम, सिगास गाउँपालिकामा रहेको सिगासधुरा मन्दिर, शिवनाथमा रहेको शिवनाथ मन्दिरमा साउनको महिनाभरी दर्शनार्थीहरुले दर्शन गर्न गर्दछन्।

यता डडेल्धुराको उग्रतारा, घटाल स्थान, डोटीको शैलेश्वरी लगायतका मन्दिरमा पनि पूजाआजा गर्ने गरिन्छ। साउन महिनाभरी मन्दिरमा राति जाग्राम बस्ने र बत्ती बाल्ने चलन रही आएको छ। जिल्लाबाट बसाइँ सरेकाहरु पनि मन्दिरमा पूजापाठ गर्नका लागि यो महिना जिल्ला भित्रिने गर्दछन्।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.