Advertisement

जनकपुरमा १०० बढी सुकुमबासी पक्राउ

0 105

Advertisement

३० असार, जनकपुरधाम । विभिन्न माग राखेर आन्दोलनमा उत्रिएका १०० जना चुरे तथा वन जंगल बचाउ अभियन्ता र सुकुमबासी पक्राउ परेका छन् । जनकपुर बजार बन्द गराएको आरोपमा प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

सुकुमबासीका नाममा अर्कै व्यक्तिले चुरे तथा वन, जंगलको अतिक्रमण गरिरहादा पनि सरकारले ध्यान नदिएको, सुकुमबासीलाई जग्गा नदिएको भन्दै यसअघि आन्दोलन गर्दै आएका उनीहरूले बिहीबार जनकपुरधाम बन्दको घोषणा गरेका थिए ।

घोषणा अनुसार बजार बन्द गराउादै हिाडेका १०३ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रबक्ता एवं डीएसपी जितेन्द्र कुमार बस्नेतका अनुसार ९४ जना महिला र ९ जना पुरुषलाई नियन्त्रणमा लिइएको छ । उनीहरुलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ ।

बलजफ्ती बजार बन्द गराउादै हिंडने क्रममा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

अभियानका संयोजक सुनिलकुमार यादवले सिरहास्थित मारुती सिमेन्ट उद्योगले अतिक्रमण गरेको वन क्षेत्रबारे प्रदेश सरकारले ४ भदौ २०७८ मा समिति बनाएर छानबिन गर्ने बताए पनि कुनै ध्यान नदिएको बताए ।

उनले वास्तविक भूमीहिन, दलितलाई जग्गा नदिई अर्कै व्यक्तिलाई दिने गरेको भन्दै आफूहरुले पटक-पटक आन्दोलन गर्दै आए पनि सरकारले ध्यान नदिंदा बन्दसम्मको कार्यक्रम घोषणा गर्न बाध्य भएको बताए ।

अभियानले सोमबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, जिल्ला प्रशासन कार्यालय धनुषा, उद्योग वाणिज्य संघ जनकपुरधाम र राजनीतिक दलका प्रतिनिधिलाई एक साथ ध्यानाकर्षण पत्र बुझाएको उनले बताए । यसपछि मंगलबार लालटेन जुलुस र बुधबार झाडूसहित प्रदर्शन गरिएको यादवले बताए ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.