शुक्रबार सुनको भाउ स्थिर, चाँदीमा गिरावट
२४ असार, काठमाडाैँ । शुक्रबार नेपाली बजारमा सुनको मूल्य स्थीर बनेको छ भने चाँदीको भाउ घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार दुई दिन देखि निरन्तर घटिरहेको सुनको मूल्य शुक्रबार स्थीर बनेको हो ।
सुनको मूल्य स्थीर बनेपनि शुक्रबार चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले घटेको हो ।
महासंघका अनुसार शुक्रबारका लागि छापावाला सुनको भाउ प्रतितोला ९४ हजार ६०० रुपैयाँ, तेजावी ९४ हजार १०० रुपैयाँ र चाँदीको भाउ तोलामा १ हजार १७५ रुपैयाँ कामय गरिएको छ । सुन बिहीबारकै भाउमा कारोबार भएको हो भने चाँही बिहीबार १ हजार २८५ रुपैयाँ तोलामा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघ र नेपाल सुनचाँदी व्यवसायी महासंघले अन्तर्राष्ट्रिय बजारमा हुने सुनचाँदीको मूल्यको उतारचढावको आधारमा नेपालमा दैनिक सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएका छन् ।
आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १ हजार ७४२ र चाँदी प्रतिऔंस १९.२१ डलरको हाराहारीमा कारोबार भइरहेको छ ।