Advertisement

वाम मेलमिलापको आधार तयार पारौंः एमाले नेता भट्टराई

0 76

Advertisement

२४ असार, काठमाडौं । नेकपा एमालेका पोलिटव्यूरो सदस्य खिमलाल भट्टराईले कम्युनिष्ट मिलेको हेर्न चाहना जनतामा रहेको बताएका छन् । राष्ट्रियसभाका प्रमुख सचेतक भट्टराईले देशलाई बर्बादीबाट रोक्न पनि कम्युनिष्ट मिल्नुपर्ने उल्लेख गरेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा भट्टराईले लेखेका छन्, ‘नेपालका हामी कम्युनिष्टहरुले सोच्ने बेला आएन र ? जनता कम्युनिष्ट मिलेको हेर्न चाहन्छन् ।’

प्रमुख सचेतक भट्टराईले कम्युनिष्ट नमिलेमा संविधान कार्यान्वयन सही दिशामा नजाने उल्लेख गरेका छन् । ‘नमिल्दा कांग्रेसले फाइदा लिन्छ । यसो हुँदा देशमा न संविधानको सही कार्यान्वयन, न विकास र समृद्धि, न राष्ट्रिय स्वाधिनताको रक्षा र प्रवर्द्ध नै हुन्छ । देशको अवस्था झनै बर्बादीतिर जानेछ’, भट्टराईले लेखेका छन् ।

देशमा पश्चगमनको आधार तयार हुँदै गरेकाले कम्युनिष्टहरुले टुलुटुलु हेरेर बस्न नमिल्ने पनि लेखेका छन् । ‘कांग्रेसको दक्षिणपन्थी वैशाखीलाई मिल्काइदिऔं र वाम मेलमिलापको आधार तयार पारौं । यसबाट नै देश र जनताको भलाई हुनेछ’, भट्टराईले लेखेका छन् ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.