Advertisement

साउनदेखि चालक अनुमति पत्रको प्रयोगात्मक परीक्षा चितवनबाट

0 111

Advertisement

२१ असार, चितवन । जिल्लामा पहिलो पटक सवारी चालक अनुमति पत्रको प्रयोगात्मक परीक्षा हुने भएको छ । आगामी साउन दोस्रो साताबाट परीक्षा लिने गरी तयारी गरिएको छ ।

यातायात व्यवस्था सेवा कार्यालय चितवनका प्रमुख विनोद पौडेलका अनुसार सवारी चालक अनुमति पत्र (लाइसेन्स) अब चितवनबाटै लिन सकिने छ ।

कार्यालयले लाइसेन्स वितरणको सम्पूर्ण तयारी गरेपछि साउनको दोस्रो सातादेखि प्रयोगात्मक परीक्षासमेत भरतपुरमै हुने उनको भनाइ छ । प्रयोगात्मक परीक्षाका लागि निजी क्षेत्रबाट ‘ट्रायल सेन्टर’ लिन लागिएको छ । पौडेलको भनाइमा दुई वटा कम्पनी प्राविधिक छनोटमा परेका छन् ।

यही असार २३ गते ती कम्पनीको आर्थिक प्रस्ताव जिल्ला प्रशासन कार्यालयमा खोलिँदै छ । त्यसपछि सात दिनको आसय र १५ दिनका सम्झौताका लागि सूचना जारी गर्नुपर्ने हुन्छ । उनले भने ‘यो प्रक्रिया अघि बढ्दै गर्दा हामी अनलाइनमा फाराम खोल्नेछौँ ।’ अथवा साउन दोस्रो साताबाट प्रक्रिया अघि बढ्ने उनको भनाइ छ ।

चितवनमा ट्रायल सेन्टर उपलब्ध गराउने भनी छ वटा सेन्टरले प्राविधिक तथा आर्थिक प्रस्ताव पेस गरेका थिए । प्राविधिक प्रस्तावको मूल्याङ्कनमा महालक्ष्मी ट्रायल सेन्टर र सदगुरू ड्राइभिङ छनोटमा परेका छन् । थोरै शुल्क लिएर ट्रायल सेन्टर उपलब्ध गराउने प्रस्ताव पेस गर्ने एउटा ट्रायल सेन्टर आर्थिक मूल्याङ्कनमा छनोटमा पर्ने प्रमुख पौडेलले बताए ।

चितवनबाट सुरुमा ‘क’, ‘ख’ र ‘ग’ वर्गको सवारीसाधनको ट्रायल लिइने उनले जानकारी दिए । ‘क’ वर्गमा मोटरसाइकल, स्कुटर, मोपेड, ‘ख’ वर्गमा चार र तीन पाङ्ग्रे साना सवारीसाधन र ‘ग’ वर्गमा हेभी र मझौला आकारका सवारीसाधन पर्छन् ।

जिल्लाका बासिन्दा अनुमति पत्रका लागि हेटौँडा, वीरगन्ज, कावासोती, काठमाडौँ लगायतका ठाउँमा जानु पर्ने बाध्यता रहेको छ । उनको भनाइमा हेटौँडामा जाने ७० प्रतिशत चितवनका हुन् ।

कावासोतीमा जानेमा आधा यही जिल्लाका छन् । हेटौँडामा सातामा चार सय हाराहारी कार र एक हजार हाराहारी दुई पाङ्ग्रे सवारीका लागि अनुमति पत्र लिनेहरुले परीक्षा दिँदै आएका छन् । उनका अनुसार हेटौँडाको भन्दा केही बढी चितवनमा हुनेछन् ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.