Advertisement

तस्करका नयाँ शैली : सर्टका टाँक नै सुनको लगाएर दुबईदेखि काठमाडौं

0 128

Advertisement

२० असार, काठमाडौं । सुन तस्करले नयाँ नयाँ तरिका अपनाएर तस्करी गर्ने गरेको खुलेको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले सर्टका टाँक नै सुनको बनाएर तस्करी गर्ने गरेको आरोपमा एक जनालाई पक्राउ गरेपछि सो कुरा सार्वजनिक भएको हो।

सोमबार बिहान ११ बजेतिर दुबईबाट काठमाडौं आएका एक जना यात्रु ल्याएको बालकहरुको कपडामा लगाइएको टाँक नै सुनको भएको पाइएको थियो। ती यात्रुले ल्याएको लगेज जाँच गर्दा बालबालिकाले लगाउने सिंगल पिस कपडामा राखिएका टाँक नै सुनको भएको भेटिएको थियो।

बालबालिकाले लगाउने कपडामा लगाइएको ६० वटा सुनका टाँक फेला परेको विमानस्थल भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासन अधिकृत महेश भट्टराईले जानकारी दिए। उक्त सुनका टाँकको तौल १२५ ग्राम रहेको पाइएको छ।

सुमन दमाई नाम गरेका ती यात्रु भिजिट भिषामा दुबइ गएर काम गरेको पाइएको छ। केही समय काम गरेपछि काम नपाएर फर्कने क्रममा दुवई एयरपोटएमा एक अपरिचित व्यक्तिले नेपालमा रहेका आफन्तको बच्चाका लागि उपहार पठाएको भन्दै ती कपडा दमाईलाई दिएका थिए।

तीनै अपरिचत व्यक्तिले दिएको कपडा लिएर आउँदा कपडामा स्टिलको बटमभित्र सुनको बटम भएको पाइएपछि उनी पक्राउ परेका हुन्। विदेशबाट नेपाल आउने यात्रुलाई यसरी विभिन्न प्रलोभन पारेर लगेज पठाउने नाममा सुन तस्करी हुने गरेको भन्दै भन्सार कार्यालयले अपरिचित व्यक्तिले दिएको सामान बुझ्दै नबुझी नलिन पनि आग्रह गरेको छ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.