Advertisement

भारतमा उपराष्ट्रपतिको निर्वाचन अगस्ट ६ मा हुने

0 80

Advertisement

१६ असार, नयाँ दिल्ली । भारतमा उपराष्ट्रपतिको निर्वाचन आगामी अगस्ट ६ मा हुने भएको छ । निर्वाचन आयोगले बुधबार मिति घोषणा गर्दै निर्वाचनका लागि तयारी सुरु भइसकेको जानकारी दिएको छ ।

वर्तमान उपराष्ट्रपति एम वेकैया नायडुको कार्यकाल यही अगस्ट १० मा सकिने भएकाले नयाँ उपराष्ट्रपति चयनका लागि निर्वाचन हुन लागेको हो ।

म्याद सकिनु तीन दिनअघि नै निर्वाचन हुने भएको छ । त्यसका लागि जुलाई १९ मा उम्मेदवारी दर्ताको अन्तिम दिन तोकिएको छ । त्यसैगरी उम्मेदवारी फिर्ताको अन्तिम मिति भने जुलाई २२ लाई राखिएको छ ।

निर्वाचन आयोगले बुधबार निर्वाचन अन्तिम तालिका सार्वजनिक गरेको छ । अब त्यहीअनुसार काम हुने आयोगको भनाइ छ ।

दुवै सदनका सदस्यहरूले निर्वाचक मण्डल प्रणालीमार्फत उपराष्ट्रपति चयनका लागि मतदान गर्ने व्यवस्था रहेको छ । मतदान गोप्य हुनेछ भने कुनै पनि राजनीतिक दलले ह्विप जारी गर्न नपाउने संवैधानिक व्यवस्था रहेको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.