Nepal's No. 1 Digital News Portal, Business, Corporate, Tourism, Politics, Sports, Entertainment, digitalkhabar.com ...express media network

झापामा ट्रक र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

0 36

१६ असार, काठमाडाैँ । झापाको कमल गाँउपालिका–४ चुलाचुलीमा गएराती ट्रक र मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक दमक नगरपालिका–९ का अन्दाजी ३७ वर्षीय दिपक नेपाल रहेका छन् ।

नेपालले चलाएको प्रदेश १–०१–०१२प १४५३ नम्बरको मोटरसाइकल र ना ७ ख ८७३५ नम्बरको ट्रक गएराती सवा ११ बजे आपसमा ठोक्किएका थिए ।

ट्रकको ठक्करबाट गम्भीर घाइते भएका उनको दमक अस्पतालमा उपचार क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । ट्रक चालकलाई इलाका प्रहरी कार्यालय दमकले नियन्त्रणमा लिएको छ ।



मल्टिमिडिया ग्यालरी

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.