बरुण हाइड्रोले पायो शतप्रतिशत हकप्रद बिक्री गर्ने अनुमति
१५ असार, काठमाडाैँ । नेपाल धितोपत्र बोर्डले बरुण हाइड्रोपावर कम्पनीलाई हकप्रद सेयर बिक्रीका लागि अनुमति दिएको छ ।
बोर्डले कम्पनीलाई एक बराबर एक अर्थात शतप्रतिशत हकप्रद निष्काशन गर्न अनुमति दिएको हो ।
जस अनुसार कम्पनीले २६ करोड ७९ लाख ७ हजार ५०० रुपैयाँ बराबरको २६ लाख ७९ हजार ७५ कित्ता हकप्रद शेयर बिक्री गर्नेछ ।
कम्पनीको हाल २६ करोड ७९ लाख ७ हजार ५०० रुपैयाँ चुक्ता पूँजी रहेको छ । हकप्रद निष्काशन पश्चात कम्पनीको चुक्ता पूँजी ५३ करोड ५८ लाख १५ हजार रुपैयाँ पुग्नेछ ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईविएल एस क्यापिटल रहेको छ ।