Advertisement

लुम्बिनीकी स्वास्थ्य राज्यमन्त्री विमला वलीले दिइन् राजीनामा

0 200

Advertisement

१५ असार, बुटवल । लुम्बिनी प्रदेशकी स्वास्थ्य, जनसङ्ख्या तथा परिवार कल्याण राज्यमन्त्री विमला खत्री वलीले पदबाट राजीनामा दिएकी छन्।

माओवादी केन्द्रबाट राज्यमन्त्री रहेकी वली पछिल्लो समय माओवादीको युवा संगठन वाइसिएलका नेता एकराज बस्नेतको घरमा गएर उनकी श्रीमती र छोरीलाई अभद्र व्यवहार गरेपछि विवादमा आएकी थिइन्।

एकराजकी श्रीमती र छोरीमाथि अभद्र व्यवहार गरेको प्रकरणमा वलीमाथि छानबिन गर्न समित समेत गठन भएको थियो।

लुम्बिनी प्रदेश सभा सदस्य रहेका विमलाका पति उत्तरकुमार वलीको सडक दुर्घटनामा मृत्यु भएपछि दाङ क्षेत्र नम्बर ३ को (ख)मा उपनिर्वाचन विमला प्रदेश सभा सदस्यमा निर्वाचित भएकी थिइन्।

तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट प्रदेश सभा सदस्य निर्वाचित भएकी वलीले सर्वोच्च अदालतको फैसलाअनुसार नेकपा विभाजित हुँदा नेकपा माओवादी केन्द्र रोजेकी थिइन्।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.