Advertisement

पाल्पा – बुटवल सडक अवरुद्ध

0 65

Advertisement

१४ असार, रामपुर । सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पा–बुटवल सडकखण्ड अवरुद्ध भएको छ । अविरल वर्षाले पाल्पा खण्डको दोभानदेखि सिद्धबाबा मन्दिर क्षेत्रमा माथिबाट पहिरो खसेर सडक अवरुद्ध बनेको हो । आज बिहानैदेखि नै पहिराले सडक बन्द भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

आवश्यक पर्ने साधन तथा उपकरणको बन्दोबस्त भए पनि अहिले पानी परिरहेकाले पहिरो हटाउन नसकिएको प्रहरीले जनाएको छ ।

लेदोसहितको पहिरो खसेर सडक बन्द हुँदा आवतजावतमा यात्रुलाई कठिनाइ परेको छ । सडक बन्दले यस राजमार्ग भएर गुड्ने कुनै पनि सवारीसाधन चलेका छैनन् ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.