Advertisement

एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डे भन्छन्- भोलि बेलुकासम्म नयाँ मन्त्री आउँछन्

0 89

Advertisement

१० असार, काठमाडौं । नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष एवं बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले भोलि बेलुकीसम्म वर्तमान मन्त्रीहरुको बिदाइ भएर नयाँ आइसक्ने दाबी गरेकका छन्। उनले आफूले बोलिसकेपछि त्यो पूरा हुने जिकिर गरे।

उनले भने, ‘त्यतिबेला हाम्रो निर्णय पनि अपरिपक्व जस्तो भयो। बजेटको छलफल चलिरहेका थियो। त्यसैले अलि अर्ली निर्णय गर्यौं। अब उत्तर दिइसक्नुभयो। फिर्ता हुनुहुन्छ।’

पहिले पनि आफूले नै चिठी पठाएर मन्त्री बनेको बताउँदै पाण्डेले अहिले पनि प्रक्रियाअनुसार नै हुने दाबी गरे।

उनले थपे, ‘उहाँहरु त्यही चिठीले मन्त्री बनेको हो। गुटुटु दौडेर मन्त्री बनेको होइन। पहिले बजेटमा उत्तर दिन दिउँ भन्ने कुराले रोकिएको हो। त्यो अध्याय सकियो। उनीहरुको पार्टी छाड्ने ताकत छैन।’



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.