Advertisement

बजेटको छलफलमा मन्त्रीहरू उपस्थित नभएपछि राष्ट्रिय सभा अध्यक्षको रुलिङ

0 164

Advertisement

१० असार, काठमाडाैँ । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले संसद्को बैठकमा मन्त्रीहरूलाई नदेखेपछि समयमै उपस्थित हुन रुलिङ गरेका छन्।

शुक्रबारको राष्ट्रिय सभाको बैठकको सुरुवातमै अध्यक्ष तिमल्सिनाले मन्त्रीहरू संघीय संसद्प्रति उत्तरदायी हुन रुलिङ गरेका हुन्। मन्त्रीहरुले सदनमा उपस्थित भई आफ्नो कार्यसूची अघि बढाउन उनले आग्रह गरे।

मन्त्रालयगत बजेट छलफलका क्रममा मन्त्रीहरु नभएको भन्दै सांसदहरुले प्रश्न उठाएपछि राष्ट्रिय सभा अध्यक्षले यस्तो निर्देशन दिएका हुन्।

‘मन्त्रालयको कार्यसूची अघि बढाउन मद्दत गर्नु र उठेको प्रश्नको जवाफ दिनु सम्बन्धित मन्त्रीहरुको जिम्मेवारी हो’, उनले रुलिङ गर्दै भने।

लोकतान्त्रिक व्यवस्थामा सार्वजनिक जवाफदेहिताको महत्व हुने भन्दै उनले मन्त्रीहरुले सांसदहरुले उठाएका प्रश्नहरु सुन्न निर्देशन दिएका हुन्। राष्ट्रिय सभा चल्दै गर्दा एकीकृत समाजवादीका मन्त्रीहरु पोलिटब्युरो बैठकमा रहेका थिए ।

‘नेपाल सरकारका मन्त्रीहरुलाई तोकिएको ठिक समयमा उपस्थित भई जनता प्रति जवाफदेही बन्न रुलिङ गर्दछु’, उनले भने।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.