Advertisement

युक्रेनको पूर्वी खार्किभ क्षेत्रमा रुसी गोलाबारी, बालकसहित १५ जनाको मृत्यु

0 68

Advertisement

०८ असार, काठमाडौँ । युक्रेनको पूर्वी खार्किभ क्षेत्रमा रुसी गोलाबारीमा १५ जनाको मृत्यु भएको छ । मारिनेमध्ये एक आठ वर्षीय बालक पनि रहेको गभर्नर ओलेग सिनेगुबोभले जानकारी दिएका छन् ।

उत्तरपूर्वी युक्रेनमा अवस्थित खार्किभ रसियासँग सीमा जोडिएको छ । आक्रमणको सुरुमा भागेका बासिन्दामध्ये केही फर्कन थालेका छन् । चार ओटा अलग अलग स्थानमा भएका घटनामा उनीहरूको मृत्यु भएको हो ।

रुसी सेनाले खार्किभ सहरबाट ३० किलोमिटर दक्षिणपूर्णमा रहेको चुगुइभ सहरमा गोली चलाउँदा ६ जनाको मृत्यु भएको थियो । हमलामा चार जना घाइते भएका थिए ।

त्यस्तै, खार्किभ सहरमा भएको अर्को हमलामा ५ जनाको मृत्यु र ११ जना घाइते भएका थिए भने जोलोचिभमा भएको आक्रमणमा तीन जनाको मृत्यु भएको थियो ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.