Advertisement

लालपुर्जा खोज्दा जब भेटियो मृत्युदर्ताको प्रमाणपत्र !

0 153

Advertisement

०६ जेठ, काठमाडौं । जीवनको महत्त्वपूर्ण समयमा दुःख गरेर कमाएको रकम केमा खर्च गर्नुहुन्छ ? प्रायः नेपालीको चाहना घर, घडेरी किन्ने नै हुन्छ । अझ वैदेशिक रोजगारीमा गएका नेपालीको उद्देश्य नै घर जग्गा जोड्ने हुन्छ ।

तर, दुःख गरेर किनेको जग्गाको रेखदेख पु¥याउन सकिएन भने अर्कैको हातमा पुगेको पत्तै हुँदैन । त्यस्तै घटना वि.सं. २०५५ मा कीर्तिपुरमा घडेरी किनेर जापान पुगेका एक दम्पती नेपाल फर्किएर मालपोत पुग्दा जग्गा त भेटिएन उल्टै हात लाग्यो आफ्नै मृत्युदर्ताको प्रमाणपत्र ।

जग्गाको अभिलेख मालपोत कार्यालयमा सुरक्षित रहन्छ र माटो कसैले बोकेर लान सक्दैन भन्ने विश्वास लमजुङका तारानिधि लोहनी र शान्तादेवी लोहनीका लागि पूर्णतः गलत साबित भयो । गत जेठ ५ गते जापानबाट नेपाल फर्किएर १३ गते मालपोत कार्यालय कलङ्कीमा लालपुर्जा खोज्दा शान्तादेवी लोहनीको नामको जग्गा अर्कैले किनेको पाइयो ।यो समाचार गोरखापत्र दैनिकमा छ ।

त्यसपछि मालपोतको अभिलेख खोज्दा आफ्नै मृत्युदर्ताको प्रमाणपत्र फेला प-यो । शान्तादेवीले गुनासो गरिन्, “लामो समय विदेशमा बसेर कमाएको पैसाले किनेको जग्गा खोज्न जाँदा मृत्युदर्ता फेला प¥यो ।” उनले आफू सासू बिरामी भएर उपचार गर्न आएको बेला नसोचेको झमेलामा परेको भन्दै मानसिक तनावमा परेको गुनासो पनि गरे ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.