Advertisement

विराटनगर महानगर कार्यपालिकाः बहुमतमा रहेको गठबन्धन पराजित, एमाले र स्वतन्त्र उम्मेदवार विजयी 

0 120

Advertisement

२१ जेठ, विराटनग । विराटनगर महानगरपालिकाको कार्यपालिका निर्वाचनमा ‘बहुमत’मा रहेको गठबन्धन पराजित भएको छ।

नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा)का उम्मेदवारलाई हराउँदै नेकपा एमाले र स्वतन्त्र उम्मेदवारहरू निर्वाचित भएका हुन्।

महानगरमा कांग्रेससँग मेयरसहित ४० जना जनप्रतिनिधि थिए भने जसपाका १० जना गरी ५० मत थियो। यसैगरी एमालेसँग उपमेयरसहित ४३ जना जनप्रतिनिधि, स्वतन्त्र ३ र राप्रपाका १ जना थिए। सबै एक ठाउँ उभिँदा पनि जम्मा ४७ मत रहेकाले कांग्रेस–जसपा गठबन्धनले जित्ने निश्चित देखिन्थ्यो।

तर, शनिबार भएको कार्यपालिका चुनावमा एमालेका दिपककुमार कर्ण ५२ मतसहित विजयी भए भने कांग्रेसका प्रेम राठीले ४० मत मात्रै पाए।

यसैगरी स्वतन्त्र ओमप्रकासकुमार साह ५५ मत र स्वतन्त्र सन्जिब साहले ५२ मत ल्याएर विजयी हुँदा जसपाका बबितादेवी साह ४५ र जसपाकै विमलादेवी पोद्धार ४१ मत मात्रै पाए।

यसैगरी महिलातर्फ पनि गठबन्धनका उम्मेदवार पराजित भएका छन्। एमालेका सन्तलीदेवी विश्वास ५५, कमला श्रेष्ठ ५५, ताराकुमारी राय ५३, सरिता घिमिरे नेपाल ५३, खुश्बु विश्वकर्मा ५२ मत ल्याएर विजयी भएका छन्।

कांग्रेसका अन्जु दाहाल गौतमले ४०, गायत्री थापाले ३९, रूपा देउजाले ४०, विनितासिंह ठकुरीले ४० र सुर्यादेवी साहले ४० मत मात्रै पाएका छन्।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.