Nepal's No. 1 Digital News Portal, Business, Corporate, Tourism, Politics, Sports, Entertainment, digitalkhabar.com ...express media network

डलरको सञ्चिति घट्ने क्रम जारी रहे श्रीलंकाको जस्तो अवस्था आउनेसक्ने चेतावनी

0 91

१८ जेठ, काठमाडाैं । पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले नेपालमा डलरको सञ्चिति घट्ने क्रम जारी रहे श्रीलंकाको जस्तो अवस्था आउनेसक्ने चेतावनी दिनुभएको छ । उहाँले हरेक महिना १२ देखि १५ करोड डलर घट्दै गएको भन्दै यस्तै अवस्था रहे बजेटको लक्ष्य पूरा हुन नसक्ने बताउनुभयो ।

आर्थिक वर्ष २०७९/८० को बजेटमाथिको छलफलमा बुधबार भाग लिँदै पूर्वअर्थमन्त्री पाण्डेले भन्नुभयो, ‘यस वर्षको हाम्रो ९ करोड ६१ अरब डलर रिजर्भ छ । २ अर्ब ७० करोड डलरको साउनदेखि अहिलेसम्म डिपोजिट घटेको छ, हरेक महिना १२ देखि १५ करोड डलर घट्दै छ ।

‘राष्ट्र बैंकले डलर दिन सक्दिनँ भन्ने वित्तिकै राजश्व टाइँटाइँ फिस हुन सक्छ’

Subscribe to our newsletter

डलरको डिपोजिट घटिरह्यो भने हाम्रो आयात घट्ने छ । हामीले फरेन करेन्सी दिन सक्दैनौं । तपाईंले फरेन करेन्सी दिन सक्नु भएन भने १२ खर्ब ४० अर्ब रेभिन्यू कसरी कलेक्ट गर्न सक्नुहुन्छ ?’

‘१२ खर्ब ४० अर्ब रेभिन्यू कलेक्ट गर्नको लागि जति भए पनि इम्पोर्ट गर भनेर छोड्दिनुपर्छ कि पर्दैन प्राइभेट सेक्टरलाई ? अनि तपाईं डलर कहाँबाट दिनुहुन्छ ? पर्सिदेखि राष्ट्र बैंकले म डलर दिन सक्दिनँ भन्ने वित्तिकै आयात कटौती हुनेछ ।

राजश्व पनि टाइँटाइँ फिस हुन्छ । यो पैसा उठेन पनि सक्दैन । त्यसो हुनेवित्तिकै तपाईंको बजेटको लक्ष्य कहिँ भेट हुँदैन’ उहाँले थप्नुभयो ।’

यो अवस्थाले अर्थतन्त्र धरासायी हुने संकेत देखिएको उहाँको भनाइ छ । ‘तपाईंले केही पैसा त बाँड्ने कुरा गरौंला, केही कुरा गरेर चुनावमा प्रभाव पारौंला भन्नुभाछ, तर अर्को सालमा जाँदा टाउकोमा हात लाएर बस्नुपर्ने र अर्थतन्त्र धरासायी भयो भनेर श्रीलंकाको जस्तो दसा हामीले देख्न नपरोस्’ उहाँले भन्नुभयो ।



मल्टिमिडिया ग्यालरी

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.